असोज महिनामा दुर्घटना परि दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार एक महिनामा ४० वटा सवारी दुर्घटना भएका छन् । जसमा परी २ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि भएको कारबाहीबाट १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ ।