सुर्खेतमा भाडाको कोठामा मृत फेला परे युवक

  • बिहीबार ६ कात्िक २०८३ ०५:०१ AM
सुर्खेतको वीरेन्द्रनगरमा भाडाको कोठामा बस्दै आएका एक युवक मृत फेला परेका छन् । अछामको रामारोशन गाउँपालिका–५ घर भएका २६ वर्षीय राजेन्द्र रोकाया वीरेन्द्रनगर नगरपालिका–८ स्थित रंगशाला नजिक नवीनकुमार केसीको घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार रोकाया आफू सुत्ने कोठाको भित्तामा रहेको किलामा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा भेटिएका