अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।भूमिकास्थान नगरपालिका-२, भूमेकाथानमा लु६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका वडा नं. ८ निवासी अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको हो।दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिवस जिसीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर दुर्घटना बारे अनुसन्धान अगाडि