बीरगञ्ज–२० हरपतगञ्जमा पाँचौँ वर्ष पनि नवदुर्गा पूजा सफलतापूर्वक सम्पन्न, तिलावे नदीमा मूर्ति विसर्जन

  • बिहीबार ६ कात्िक २०८३ ०३:०३ AM
बीरगञ्ज, पर्सा। बीरगञ्ज महानगरपालिका वडा नम्बर २०, हरपतगञ्जस्थित **श्री गढीमाई नौ दुर्गा पूजा सेवा समितिको आयोजनामा सञ्चालित नवदुर्गा पूजा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।** नवरात्रभरि विधिविधानपूर्वक पूजा–आराधना गरी विजयादशमीको पावन अवसरमा दुर्गा भगवतीको मूर्ति तिलावे नदीमा विधिपूर्वक विसर्जन गरिएको हो। विगत पाँच वर्षदेखि निरन्तर रूपमा नवदुर्गा पूजा आयोजना गर्दै आएको समितिले यस वर्ष पनि धार्मिक विधि, परम्परा र स्थानीय समुदायको सहभागितालाई प्राथमिकतामा राख्दै पूजापाठदेखि मूर्ति विसर्जनसम्मका सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। घटस्थापनाका दिन कलश यात्रासहित सुरु भएको धार्मिक अनुष्ठानमा गाउँका विभिन्न समुदायका महिला, पुरुष, युवा तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको ... The post बीरगञ्ज–२० हरपतगञ्जमा पाँचौँ वर्ष पनि नवदुर्गा पूजा सफलतापूर्वक सम्पन्न, तिलावे नदीमा मूर्ति विसर्जन appeared first on Kalika Khabar.