साउदीको तेल खानीमा आक्रमण : एक नेपालीसहित दुई जनाको मृत्यु

  • बिहीबार ६ कात्िक २०८३ ०९:०० AM
काठमाडौं : साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्।साउदी ऊर्जा मन्त्रालयका अनुसार खसालिएको ड्रोनको टुक्रा खस्दा त्यहाँ कार्यरत ठेकेदारको सवारी साधनमा आगलागी भ