काठमाण्डु-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि आक्रमण गर्ने विकल्पमाथि विचार गरिरहेका बेला अमेरिकाले मध्यपूर्वका विभिन्न सैन्य अखडाबाट आफ्ना सैनिकलाई अन्यत्र सार्न थालेको छ। यसका साथै, त्यस क्षेत्रका केही कूटनीतिक नियोगबाट कर्मचारी र उनीहरूका परिवारलाई अमेरिका फिर्ता बोलाउने प्रक्रिया अघि बढाइएको छ। अमेरिकी समाचार संस्था एनबीसी न्युजका अनुसार जोर्डन, कतार र कुवेतमा तैनाथ अमेरिकी सैनिकलाई अन्यत्र