नेपाल प्रहरीले सञ्चालन गरेको नि:शुल्क बस सेवाबाट दुई दिनमा कुल १ हजार ४०६ जना सर्वसाधारण लाभान्वित भएका छन्। सर्वसाधारणको आवागमनलाई सहज बनाउने उद्देश्यले सञ्चालित उक्त सेवाबाट पुरुष तथा महिला यात्रुले सुविधा लिएका हुन्। नेपाल प्रहरीद्वारा सार्वजनिक विवरणअनुसार कात्तिक ३ गते २३६ पुरुष र २७४ महिला गरी कुल ५१० जनाले नि:शुल्क बस सेवा उपयोग गरेका थिए।