काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने एनपीएलका सबै खेलले उक्त मान्यता भएका हुन् । आईसीसीको ‘लिस्ट ए टी–२०’