काठमाडौं : इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपी (PHP) मा गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि विश्वभरका विभिन्न वेबसाइट अस्थायी रूपमा बन्द गरिएका छन् ।बुधबार सार्वजनिक गरिएका सुरक्षा कमजोरी समाधान गर्न अपडेट जारी गरिएको छ । समयमै सुरक्षा अपडेट गर्न नसक्ने संस्थालाई आफ्ना वेबसाइट तथा प्रणाली अस्थायी रूपमा बन्द गर्न विभिन्न देशका साइबर सुरक्षा निकायले सुझाव दिएका छन् ।यसैक्रममा फिनल्यान्ड सरकारले आफ्ना सार्वजनिक वेब सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । नेदरल्यान्ड्सको साइ