थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

  • बुधबार ५ कात्िक २०८३ ०२:२६ PM
भक्तपुर – मध्यपुरथिमिमा ६२ वर्षपछि यसवर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ । स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्व बोकेको कुमारी दर्शन गराउने परम्परा ६२ वर्षपछि आज सुरु भएको हो ।  मध्यपुरथिमि चपाचोकी ४ वर्षीया आयुषी बज्राचार्यलाई यसवर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो