काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार एनपीएलको तेस्रो संस्करण आगामी २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । आईसीसीको मान्यता प्राप्त भएसँगै प्रतियोगिताका सम्पूर्ण खेलले आधिकारिक टी–२० क्रिकेटको मान्यता पाएका हुन्