बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

  • बुधबार ५ कात्िक २०८३ ०३:०८ PM
काठमाण्डु – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले उनलाई बुधबार टोलीमा अनुबन्ध गरेको जनाएको हो । ‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आईसीसी टी–२० अन्तरराष्ट्रिय बलिङ वरियतामा आठौँ स्थानमा रहेका हसन एनपीएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्नेछन्,’ पोखराले बुधबार सामाजिक सञ्जाल फेसबूक पेजमा लेखेको छ