यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो । लाङटाङस्थित होटल ‘माउन्टेन भ्यु’ का सञ्चालक नीमा लामाका अनुसार फलाखुमा बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम बढी स्थानीय