काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभ साइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरु पुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका हुन्। गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका लगाइदिएका छन्।