काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । खनाल बुधबार दिउँसो १२ बजे काठमाण्डुस्थित ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहर अहिले घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार केही दिन आराम गरेपछि खनाल पुन: सार्वजनिक कार्यक्रममा सहभागी हुनेछन्