महोत्तरीको मटिहानीस्थित ऐतिहासिक लक्ष्मीनारायण मठ (मन्दिर) बाट विजयादशमीको अवसरमा प्रत्येक वर्ष निकालिँदै आएको परम्परागत शोभायात्रा आज विधिवत् रूपमा निकालिएको छ। विजयादशमीको पावन अवसरमा बाजागाजासहित भगवान् श्री लक्ष्मीनारायणलाई डोलामा विराजमान गराई मन्दिरबाट निकालिएको शोभायात्राले मटिहानी र भारतको मधवापुर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो। धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको उक्त जात्रामा भक्तजन तथा स्थानीयवासीको