कास्की प्रहरीको सक्रियता, असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ

  • बुधबार ५ कात्िक २०८३ ०९:०८ AM
प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३ जना पुरुष र नौ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब