राष्ट्रपति पौडेलले ग्रहण गरे शुभसाइतमा दसैंको टीका र जमरा

  • बुधबार ५ कात्िक २०८३ ०२:०१ PM
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।  राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत  १०:२६ बजेमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टीका र जमरा लगाइएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं