देशभर दशैंको टीका लगाउने शुभसाइतको चटारो भइरहँदा डोल्पाको त्रिपुराकोटमा भने बाला त्रिपुरासुन्दरी मन्दिरको पूजा सम्पन्न हुने प्रतीक्षा गरिन्छ। यहाँ पञ्चाङ्गको साइतभन्दा देवीको पूजाविधि पूरा हुनुलाई टीका लगाउने मुख्य आधार मानिन्छ। परापूर्वकालदेखि चल्दै आएको परम्पराअनुसार दशमीको बिहानै स्थानीयले घरबाट टीका र जमरा लिएर मन्दिर पुग्छन्। देवीलाई टीका–जमरा चढाएर पूजाआजामा सहभागी हुन्छन्। मन्दिरको धार्मिक विधि पूरा गरी