काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दशैं पर्वले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्। विजया दशमीको अवसरमा उनले सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादशैँको शुभकामना दिएका हुन्। बडादसैंको अवसरमा शुभकामना दिँदै सभापति लामिछानेले पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा