दसैँको टीकाको अर्थ

  • बुधबार ५ कात्िक २०८३ ०९:३९ AM
काठमाडौँ। दसैँ हिन्दू नेपालीहरूको प्रमुख पर्व हो। तर यो यतिमै सीमित छैन। यो नेपालीहरूको राष्ट्रिय चाड हो। एउटा उत्सव हो। यसका अनेक अर्थ छन्, सामाजिक अभ्यासहरूलाई केलाउने हो भने।  तर दसैँको प्रमुख आकर्षक मानिने टीका र जमरालाई लिएर भने विभिन्न खालका विचार र मान्यताहरू रहेको पाइन्छ, जसको अर्थ हरेक टीका लगाउने व्यक्तिले थाहा पाउनु आवश्यक हुन्छ। दसैँको दशौँ दिन अर्थात् दशमी तिथिका दिन विजयादशमी पर्व मनाइन्छ। जसलाई बोलीचालीको भाषामा टीकाको दिन भन्ने गरिन्छ। यो दिन आफूभन्दा ठूला बडाका हातबाट टीका, जमना लगाएर आशीर्वाद ग्रहण गर्ने चलन छ।  दसैँमा यस्तो टीका किन लगाइन्छ त