काठमाडौं : बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । सर्वसाधारणको सहज आवागमनलाई लक्षित गरी प्रहरीले उपत्यकाका तीनवटा रुटमा कात्तिक ३ र ४ गते बस सेवा सञ्चालन गरिरहेको हो ।नेपाल प्रहरीका अनुसार निःशुल्क बस सेवा तीनवटै रुटमा सञ्चालन गरिएको छ । पहिलो दिन मंगलबार दिउँसो ४ बजेदेखि बस सेवा सुरु भएको थियो भने टीकाको दिन बुधबार बिहान ८ बजे पहिलो सिफ्ट सञ्चालन भएको छ। दिउँसो ३ः३० बजे दोस्रो सिफ्ट सञ्चालन हुने प्रहरीले जनाएको छ ।रुट नम्बर १ : नक्सालबाट सुरु