आज विजयादशमी : दशैंको टीका कता फर्केर लगाउने ?

  • बुधबार ५ कात्िक २०८३ ०८:०० AM
काठमाडौं : बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज बिहान १०:२६ बजेको साइत उत्तम रहेको जनाएको छ। घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८:४९ बजे रहेको छ। विजयादशमी आफैंमा शुभ दिन भएकाले देवीलाई विसर्जनपश्चात आज टीका लगाउन साइत खोज्नु नपर्ने संस्कृतिविद् बताउँछ