यति फुर्सद अवश्य मिलोस्

  • बुधबार ५ कात्िक २०८३ ०८:०० AM
समय होस् नहोस्,यति फुर्सद अवश्य मिलोस्घरको आँगनमा हाँसिरहेको घडीफूलको यौवन देख्न सकूँ ।मौका पाऊँ या नपाऊँ,यति अवसर अवश्य जुरोस्आमाले स्याहारेको गाईले ब्याउँदा एउटा खुसी चाख्न सकूँ ।यात्रा सुरु नगरुन्जेल हो एक्लोपन महसुस हुने,हिँड्दै जाँदा बाटो आफैँले डोहोर्‍याउँछ,उकालो लाग्दै गर्दा कुहिरोले बाटो देखाउँछ,ओरालो झर्नुको आनन्द झरनाले सिकाउँछ ।खैर, बाल्यकाल पनि ऋतु जस्तै रहेछ,जीवनका अनेकौँ याम अनुभूतिको सँगालो,ऋतु परिवर्तन भएर गएको पत्तै हुँदैन,तर फेरि नयाँ रङमा भेटिने अठोट लिएर जान्छ ।बैँस बाल्य