काठमाण्डु– नेपालीहरूको महान् पर्व बडादसैं अर्थात् विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउन चाहनेका लागि बिहान १०ः२६ बजेको साइत उत्तम रहेको छ। यद्यपि, विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले