नाबालिगमाथि दुर्व्यवहार र भिडियो बनाएको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिना जेल

  • बुधबार ५ कात्िक २०८३ ०१:०० AM
काठमाडौं : सिंगापुरमा १५ वर्षीय विद्यार्थीसँग दुर्व्यवहार गरेको र त्यसको भिडियो बनाएको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिनाको जेल सजाय सुनाइएको छ ।४१ वर्षीय चाउ चिया जुनलाई मंगलबार अदालतले सजाय सुनाएको हो । उनले नाबालिगसँग सम्बन्धित दुर्व्यवहार र बाल दुर्व्यवहारसम्बन्धी सामग्री उत्पादनका तीनवटा आरोप स्वीकार गरेका थिए ।अदालतका अनुसार घटना सन् २०२४ मा भएको थियो । त्यसबेला चाउ सिंगापुर सेनामा क्याप्टेनका रूपमा कार्यरत थिए। उनका पूर्वसाथी २६ वर्षीय ओवेन तोह वेई सोङले अनलाइनमार्फत १५ वर्षीय विद्