काठमाडौं : क्यानडाको अल्बर्टा प्रान्तमा भएको जनमत संग्रहको प्रारम्भिक नतिजाले बहुमत मतदाताले क्यानडामै रहने पक्षमा मतदान गरेको देखाएको छ । बिबिसिमा उल्लेख भए अनुसार नतिजालाई क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले देशका लागि ‘उत्कृष्ट नतिजा’ भन्दै स्वागत गरेका छन् ।मंगलबार मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै कार्नीले अल्बर्टावासीले क्यानडासँगको एकता रोजेकोमा आफू उत्साहित भएको बताए । उनले संयुक्त रूपमा अघि बढ्ने निर्णयले देशको एकता र सहकार्यलाई बलियो बनाउने विश