सिक्किममा बनेको चलचित्र ‘तारा’लाई बेलायतमा नेपालीको माया, यसरी भावुक बनिन् अभिनेत्री श्यामा श्री शेर्पा

  • मङगलबार ४ कात्िक २०८३ ०८:०७ PM
लण्डन। भारतको सिक्किममा निर्माण भएको नेपाली भाषाको चलचित्र ‘तारा’(द लस्ट स्टार)को बेलायतको अल्डरसटमा प्रिमियर गरिएको छ।  चलचित्रकी निर्माता तथा अभिनेत्री श्यामा श्री शेर्पाको विशेष उपस्थितिमा भएको प्रदर्शनमा दर्शकहरूले उत्साहजनक सहभागिता जनाए। चलचित्र हेर्न एम्पायर हल दर्शकले खचाखच भरिएको थियो। तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रसमर बरो काउन्सिलकी डेपुटी लिडर सोफी पोटर, काउन्सिलरहरू बिल, फौजिया खान, काउन्सिलर धनबहादुर सार्की, तमु धीं यूके आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङसहित बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि गुरुङ र विशेष अतिथि पोटरले शुभकामना मन्तव्य राख्दै चलचित्रको सफलताको कामना गरेका थिए। सिक्किमबाट आफ्नो चलचित्र लिएर बेलायत आएकी निर्माता तथा अभिनेत्री श्यामा श्री शेर्पाले दर्शकबाट प्राप्त माया, साथ र उत्साहले आफू भावुक भएको बताइन्। नेपाली भाषा, कला र संस्कृतिप्रति बेलायतवासी नेपाली समुदायले देखाएको सद्भावले आफूलाई थप हौसला मिलेको उनको भनाइ थियो। उनले कार्यक्रमका संयोजक काउन्सिलर धनबहादुर सार्की, तमु धीं यूकेका महासचिव डा