काठमाडौं : भोलि (बुधबार) बडादसैंको दिन देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भू–भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। देशका बाँकी हिमाली र पहाडी भू–भागमा मौसम मु