महोत्तरी : महोत्तरीको औरहीस्थित सोनामाई मन्दिरमा महानवमीका दिन ११३ वटा राँगाको बलि दिइएको छ। औरही नगरपालिका–७, भोइलस्थित प्रसिद्ध सोनामाई मन्दिरमा बडादसैँको महानवमीका दिन आज ११३ वटा राँगाको बलि दिइएको हो।दसैँको अवसरमा विशेष धार्मिक अनुष्ठान हुने यस मन्दिरमा दर्शन तथा पूजाआजाका लागि बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो। मन्दिर परिसरमा रहेको राजदेवीको खुट्टाअगाडि परम्पराअनुसार राँगाको बलि दिइएको हो। मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनले सोनामाई माताको पूजाआजा गरी बोका