म्याग्दी – जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मिस्त्रीखोलाले बगाएर मंगलबार १ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन् । खोलाले बगाएर स्थानीय ६ वर्षीया अनिशा बुढामगरको मृृत्यु भएको र ३ वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए । ‘दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरुलाई मिस्त्रीखोलाले