पञ्जाबमा प्रहरी जवानले पत्नी र दुई छोरालाई गोली हाने, त्यसपछि गरे आत्महत्या

  • मङगलबार ४ कात्िक २०८३ ०६:०० PM
मानसा : भारतको पञ्जाबस्थित मानसा जिल्लामा एक प्रहरी जवानले आफ्नै पत्नी र दुई छोरालाई गोली हानेपछि आत्महत्या गरेका छन्।समाचार एजेन्सी पीटीआईका अनुसार घटनामा एक छोराको मृत्यु भएको छ भने उनकी पत्नी र अर्का छोरा घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।मानसाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)का अनुसार घटना बिहान करिब ७ बजे भएको हो।प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना पारिवारिक विवादसँग सम्बन्धित रहेको आशंका गरिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरी