नुवाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध

  • मङगलबार ४ कात्िक २०८३ ०६:०० PM
नुवाकोट : नुवाकोटको विदुर नगरपालिका–४, बट्टार बजारमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका छन्। मृतक युवकका आफन्त तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै मङ्गलबार सडकमार्ग अवरुद्ध बनाएका हुन्।सोमबार बट्टारबजार संगमचोकस्थित भित्री सडकखण्डमा युनाइटेड आधारभूत विद्यालयनजिकै विद्युतीय गाडी र स्कुटर ठोक्किँदा स्कुटर चालक सोही ठाउँका ४४ वर्षीय नवराज दाहाल गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उप