नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

  • मङगलबार ४ कात्िक २०८३ ११:२४ AM
काठमाण्डु – शारदीय नवरात्र अर्थात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर वा पूजा कोठामा ९ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा रहेकामा यस वर्ष भने महाअष्टमी तिथि वृद्धि भई दशौँ दिनमा पूजा गरिएको हो