काठमाडौँ । राज्य संरक्षित जातीय विभेदविरुद्ध कैलालीकी दीपा नेपालीले धर्ना थालेको १८४ दिन बितेको छ। संविधान र कानूनले जातीय विभेदलाई निषेध गरेको छ। तर शताब्दीऔँदेखि हुँदै आएको विभेद व्यवहारमा अझै पनि हटेको छैन। यतिसम्म काठमाडौँ उपत्यकामा दलित समुदायका युवा युवतीलाई डेरामै जातीय विभेद भएका घटनापछि त्यस्तो विभेदको अन्त्य गर्न माग गर्दै दीपाले धर्ना थालेकी हुन्। तर उनी धर्ना बसेको ६ महिना बितिसक्दा पनि सरकारले उनको माग सम्बोधन गरेको छैन, न त संवाद र सहमतिको प्रयास नै। अहिले दशैँको लहर छ, काठमाडौँ बस्नेहरूको गाउँ पुगेका छन् दशैँ मनाउन। तर दीपाले भने दशैँको रौनक छोडेर धर्नालाई निरन्तरता दिइरहेकी छन्। जातीय विभेदविरुद्ध काठमाडौँको माइतीघर मण्डलमा धर्ना दिइरहेकी उनी सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म घर नफर्किने अडान लिएकी छन्। ‘सरकार, कोठा खाली छ