काठमाण्डु- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि पहिलोपटक चीन भ्रमणमा जान लागेकी छन्। भण्डारीनिकट स्रोतका अनुसार, चीन सरकारको निमन्त्रणामा उनी दशैंको टीकापछि बेइजिङ जाने तयारीमा छिन्। भ्रमणबारे सरकारलाई जानकारी भए पनि यसको औपचारिक प्रयोजन, भेटघाटको कार्यसूची र सहभागीहरूको विवरण सार्वजनिक गरिएको छैन। भण्डारीको भ्रमणको समयले राजनीतिक चासो बढाएको छ। सात वर्षभन्दा बढी