आन्तरिक सुरक्षा सहकार्य बढाउन कतार र पाकिस्तान सहमत

  • मङगलबार ४ कात्िक २०८३ १०:०१ AM
इस्लामावाद- पाकिस्तान र कतारबीच सुरक्षा सहकार्य बढाउने कुरामा सहमति भएको छ। मङ्गलबार पाकिस्तानी गृहमन्त्रालयले यसबारे जानकारी दिएको हो । पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वी र उनका कतारी समकक्षी शेख खलिफा बिन हमद बिन खलिफा अल थानीले आन्तरिक सुरक्षामा द्विपक्षीय सहकार्य सुदृढ गर्ने सहमति गरेका छन्। दोहामा भएको भेटमा उनीहरूले आन्तरिक सुरक्षासम्बन्धी सहकार्य बढाउने विषयमा विस्तृत छलफल