दसैं रौनक : ५ लाख ७६ हजार बढीले छाडे काठमाडौं उपत्यका

  • मङगलबार ४ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म ५ लाख ७६ हजार ५७८ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबारसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत ५ लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् । दसैं नजिकिँदै विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आ-आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपह