महानवमीमा पाल्पाका शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको घुइँचो

  • मङगलबार ४ कात्िक २०८३ ०३:०० PM
तानसेन : बडादसैंको महानवमीका अवसरमा पाल्पाका विभिन्न शक्तिपीठ तथा देवीका मठमन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ। जिल्लाका पुराना धार्मिक तथा ऐतिहासिक मन्दिर र कोतघरमा पूजा-आराधना गर्ने, जमरा चढाउने र भजनकीर्तन गर्ने भक्तजनहरूको चहलपहल बढेको छ। तानसेनको भगवती मन्दिर, भैरवस्थान, रम्भापानी, दर्लामडाँडा र रैनादेवी लगायतका शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको भीडभाड रहेको छ।महानवमीका दिन भक्तजनहरूले घरमा उमारेको जमरा देवी-देवताका मन्दिर, कोतघर तथा शक्तिपीठहरूमा चढाएका छन्। शक्तिपीठहरूमा जमराका साथै देवी