महोत्तरी : सदरमुकाम जलेश्वरनाथ महादेव मन्दिरको परिसरमा रहेको त्रिशूलीमाई मन्दिर दसैंमा मात्र खुल्ने गर्दछ । बिहान र साँझको समयमा पूजारीले माताको पूजा गरेता पनि सर्वसाधारणका लागि भने दसैंमा मात्र मुख्य ढोका खुल्ने गर्दछ । दसैंको दश दिनका लागि मात्र खुल्ला रहने भएपछि यो मन्दिरमा घटस्थापनादेखि दशमीसम्मी सर्वसाधारण तिर्थालुको बिहानदेखि घुँइचो लागेको छ।त्रिशूल धारण गरेकी त्रिशूलीदेवी भवानीको दर्शन गर्न तथा भेटी चढाउनका लागि स्थानीयलगायत धनुषा, सिरहा, सर्लाही र सीमावर्ती भारतको सीतामढी र मधुवनीसम