गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ । विदेशी नागरिकले निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आर्थिक वर्षमा रु २१ करोड ६९ लाख ९७ हजार ५०० सङ्कलन भएको थियो । उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका एक हजार ८५५ पर्यटकबाट प्रतिव्यक्ति ५०० डलर र एक दिन भ्रमण गरेका दुई हजार ५६९ पर्यटकबाट प्रतिव्यक्ति ५० डलर सङ्कलन भएको आयोजनाका प्रमुख डा