आन्दोलनले उग्ररुप लिएपछि पेरिसका धेरै शहरहरूमा लगाइयो कर्फ्यू

  • मङगलबार ४ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : फ्रान्समा विगत केही दिनदेखि भएका दंगा र लुटपाटपछि पेरिसका केही भागहरूसहित धेरै शहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ। पेरिस प्रहरीका अनुसार विगत केही दिनदेखि प्रदर्शनकारीहरू भेला भएका प्लेस डे ला रिपब्लिक र एल'अल्युड किनमेल क्षेत्रहरूमा स्थानीय समय अनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागू हुनेछ।शहरको केन्द्रका अन्य धेरै भागहरूमा पनि अनधिकृत भेलाहरूमा प्रतिबन्ध लगाइएको छ। दक्षिणी फ्रान्सेली शहरहरू मार्सेली, बोर्डो, नाइस र लियोन, साथै उत्तरी शहर लिल र अन्य शहरहरूमा