कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख ४० हजार ७२८ जना आन्तरिक तथा बाह्य पर्यटक आएको सरकारी तथ्यांक छ । तर, प्रदेशको साहसिक पर्यटनको महत्वपूर्ण क्षेत्र जलयात्रा (¥याफ्टिङ) का लागि आउने पर्यटकको संख्या भने मन्त्रालयले सार्वजनिक गरेको विवरणमा समेटिएको छैन । यसले प्रदेशको पर्यटन तथ्यांक संकलन प्रणाली र विवरणको पूर्णतामाथि प्रश्न उठाएको छ ।