रसुवा : लेन्दे हुँदै भोटेकोशी बाढीका कारण रसुवाका १६३ जना विद्यार्थी र १७ जना सम्पर्कबिहीन रहेका छन्। सबैभन्दा धेरै उत्तरगया गाउँपालिका–५ नीलकण्ठ माविमा अध्यनरत ७१ जना बालबालिका बेपत्ता भएका छन्। सबैभन्दा धेरै गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय टमुरेका ६ जना शिक्षक बेपत्ता भएका छन्। जिल्ला शिक्षा समन्वय इकाइका सूचना अधिकारी जीवन दाहालका अनुसार बाढीका कारण गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टमुरेका २५ जना, गोसाइकुण्ड