बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माण गर्न चार अर्बसम्म बजेट आवश्यक

  • मङगलबार ४ कात्िक २०८३ ०२:२१ AM
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि तीनदेखि चार अर्ब रुपैयाँसम्म बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ। गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरो, कालीगण्डकी नदीको बाढी र कटानका कारण सडकका विभिन्न खण्डमा ठूलो क्षति पुगेको हो। बाढी र पहिरोले सडकको संरचना भत्काउनुका साथै कतिपय स्थानमा सडक नै बगाएको छ। बेनी–जोमसोम–कोरला सडक योजनाका आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकी नदीको बाढीले १० स्थानमा सडक ... The post बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माण गर्न चार अर्बसम्म बजेट आवश्यक appeared first on Kalika Khabar.