काठमाण्डु – पोर्चुगिज फुटबल महासंघ (एफपीएफ)ले कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ । राष्ट्रिय टोलीको शिविर छाडेको घटनालाई लिएर महासंघले रोनाल्डोमाथि कारबाही गरेको हो । ४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जिससले आफ्नो वचन तोडेको र विश्वास उल्लंघन गरेको आरोप लगाउँदै टोली छाडेका थिए । अनुशासन समितिले रोनाल्डोले आफ्नो गल्तीप्रति