हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानी मन्दिरको अग्लो प्यागोडा शैली, कलात्मक छाना र ऐतिहासिक बनावटले त्यहाँ पुग्ने जोकोहीको ध्यान खिच्छ । हामी यही मन्दिरको कथा खोज्दै रिपोर्टिङका लागि त्यहाँ पुगेका थियौं । मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द ढोकाअगाडि केही