तीन महिनापछि खुल्यो खाँदबारी–किमाथाङ्का सडक, सेनाले विस्फोट गरेर हटायो चट्टान

  • मङगलबार ४ कात्िक २०८३ ०२:५९ AM
नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने रणनीतिक महत्त्वको यो ‘लाइफलाइन’ सडक गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला-ठूला चट्टानसहित पहिरो खसेपछि पूर्ण रूपमा ठप्प बनेको थियो । किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट १४१ किलोमिटर दूरीमा रहेको छुम्सुरको पहिरो हटाउन