काठमाडौं : साउदी अरबले मक्कामा एक बंगलादेशी दम्पतीलाई गुपचुप रूपमा मृत्युदण्ड दिएपछि बंगलादेश सरकारले कडा आपत्ति जनाउँदै औपचारिक स्पष्टीकरण मागेको छ।मस्जिदभित्र अश्लील वा अनैतिक गतिविधि गरेको अभियोगमा गत बुधबार उनीहरूलाई साउदी अरबमा मृत्युदण्ड दिइएको थियो।बंगलादेश सरकारले आइतबार पत्रकार सम्मेलन गर्दै सजाय कार्यान्वयन हुनुअघि साउदी पक्षबाट कुनै पनि पूर्वसूचना नदिइएको र घटना भइसकेपछि मात्र जानकारी पाएको बताएको छ। मक्का इस्लाम धर्मको सबैभन्दा पवित्र शहर हो, जहाँ प्रसिद्ध 'अल-हरम (ग्रान्ड म