काठमाण्डु – आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व मंगलबार देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। आइतबार र सोमबार दुई दिन महाअष्टमी परेकोले मंगलबार महानवमी मनाइन लागिएको हो। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ। दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस,